चितवन । चितवनमा अबैध लागुऔषध कारोबार गर्ने ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर १७ लंगौटाकी २९ बर्षिया बिष्णुमाया थापामगर, भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी ईन्द्रेणी टोलका २४ बर्षिय रोशन बुढाथोकी र भरतपुर महानगरपालिका वडा नम्बर २ का २६ बर्षिय योजन पोख्रेल रहेका छन् ।
प्रतिवन्धित लागू औषध गाँजा बिक्री बितरण गरिरहेको छ भन्ने सुचनाको आधारमा प्रहरी टोली खटि घरमा चेकजाँच गर्दा बिष्णुमाया थापामगरको कोठामा प्रतिबन्धित लागू औषध गाँजा ४०० ग्राम र नगद रु. १०,४०० रुपैया फेला पारीएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य थापाले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !