-
आलोक यादव ……..
जनकपुरधाम । नेपाल प्रहरीका डीआईजी उमेश रञ्जितकारले सोमबार सरुवा भएर आउनु भएका जनकपुरधाममा प्रदेश २ को प्रहरि प्रमुखको जिम्मेवारि सम्हाल्नु भएको छ । डीआईजी रञ्जितकारले प्रदेश २ को सुरक्षा चुनौती बारे जानकार रहेको भन्दै यहाको शान्ती सुरक्षा कायम गर्ने सवामा कुनै कसर बाकी नराख्ने डीआईजी रञ्जितकारले जानकारी दिनुभयो ।
तराई क्षेत्रमा बिशेष अप्रेसन चलाएर भएपनि जनतालाइ शान्ती सुरक्षा अमन चयन कायम गर्ने सवालमा आफू प्रतिबद्ध रहेको बताउनु भयो ।
डीआईजी रञ्जितकारले प्रदेश २ को प्रहरि प्रमुखको रुपमा सोमबार देखि जिम्मेवारि सम्हाले गृह मन्त्रालय र प्रहरि प्रधान कार्यालयले कार्य क्षमताको मुल्याङ्कन गरेर जिम्मेवारि दिएकोमा धन्यबाद्समेत दिनु भएको छ । उहाले रौतहट बस्दा पनि त्यहाको शान्ती सुरक्षा बारे बुझ्ने मौका पाइसकेको र अहिले प्रहरि प्रमुखको जिम्मेवारी पाउदा आफू थप उत्साहीत भएको बताउनु भयो ।

प्रदेश २ आफैमा सुरक्षा चुनौती भएको प्रदेश भएकाले त्यहा रञ्जितकारलाई उत्कृष्ट कार्य सम्पादनका आधारमा जिम्मेवारि दिइएको प्रहरी स्रोतले बताएका छन ।




















