काठमाडाैं । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका लगायतका विभिन्न स्थानहरुमा क्षति पुर्याएको हुँदा उक्त प्रभावित ईलाकामा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि तपशिल बमोजिम मेडिकल क्याम्प, खोज, उद्धार तथा राहत वितरण कार्य संचालन गरिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका स्थित किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्यले प्रादेशिक अस्पताल हेटौडा र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले २०७८ असार १० गते मेडिकल क्याम्प संचालन गरेको छ । उक्त मेडिकल क्याम्पबाट महिला-२३ र पुरुष-२० गरी जम्मा ४३ जना बाढी पिडित व्यक्तिहरुलाई चेकजांच गरी औषधि वितरण गरेको थियो ।
२०७८/०३/१० गते हेलम्बु गाउँपालिका – ७, चनौटे बजार ईलाका स्थित रातो पुल नजिक मेलम्ची खोलाले कटान गरेको स्थानमा ग्याविन जाली भर्ने कार्य गर्नुका साथै हेलम्बु गाउँपालिका – २ किउल स्थित राहत भण्डारण स्थलमा पोल सहितको सोलार लाईट जडान गरेको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ ।
२०७८/०३/११ गते हेलम्बु गाउँपालिका – ७, महाँकाल स्थित श्री महेन्द्र आधारभुत बिद्यालयको प्राङ्गणमा बाढी पहिरोबाट पिडित व्यक्तिहरुलाई राहत सामग्री वितरण गरेको छ । समाचार अनुसार, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका लगायत विभिन्न स्थानका बाढी पहिरो प्रभावित व्यक्तिहरुको लागि स्वास्थ्य उपचार दिलाउने उद्देश्यले बागमती प्रदेश सरकारको र नेपाली सेनाको फिल्ड एम्बुलेन्स गुल्मको संयुक्त मेडिकल टोलीले किउल ईलाकामा
२०७८/०३/११ गते मेडिकल क्याम्प संचालन गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !