काठमाडौं । ब्राह्मण एकता समाजका नाममा फेक आइडी बनाएर समाजिक सद्भाव खलबल्याउने र चरित्र हत्या गर्नलाई कारबाहीको माग गरिएको छ ।नेपाली काँग्रेस बैतडीका १५ जना नेताका तर्फबाट जनक भट्टले काठमाडौंस्थित साइबर ब्यूरोमा आइतबार उजुरी दिएका हुन् ।
केही दिनदेखि काँग्रेस सम्बद्ध व्यक्तिहरुको नाम र तस्वीर राखि ब्राह्मण एकता समाज बैतडी नामको फेक आइडीबाट आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच आउने काम गरिएको भट्टद्वारा दर्ता गराइएको उजुरीमा उल्लेख छ ।
साथै जातिय, धार्मिक र सामाजिक सद्भाव खलबल्याउने पोस्ट गरिने गरिएको भन्दै उजुरीमा कारबाहीको माग गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !