Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

समूहका लागि डेढ लाखसम्म कोरोनाकाे खोप बिक्री अख्तियारले अनुसन्धान गरे छर्लङ्ग हुने

काठमाडौं । अग्रमोर्चामा खटिने विभिन्न क्षेत्रमा कार्यरत नेपालीले खोप लगाउन पाएका छैनन् । पेट्रोल पम्पमा काम गर्ने मजदुरदेखि कृषि मजदुर र वृद्धवृद्धाहरूले खोप लगाउन पाइरहेका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो डोज खोप लगाएका देशभरका स्थानीय तह अन्तर्गतका जेष्ठ नागरिकलाई दुई महिना बितिसक्दा पनि दोस्रो डोज खोप उपलब्ध गराउन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयसँग कोभिसिल्डको ४ लाखभन्दा बढी डोज खोप चिनियाँ अनुदानको खोप आउनु अघि नै मौज्दात थियो । तर त्यो खोप केही पहँुचवाला व्यापारी र प्रशासनिक क्षेत्रका व्यक्तिहरूले आफन्तहरूलाई लगाएको जानकारी हुन आएको छ ।जेष्ठ नागरिकलाई पहिलो प्राथमिकताकासाथ खोप लगाउने नीति सरकारको थियो । तर त्यो नीतिसमेत सरकारले लागु गर्न सकेन । खोपमा भ्रष्टाचारका साथै व्यापक दुरुपयोग भएको छ । चिनियाँ अनुदानको १० लाख खोप पनि जेष्ठ नागरिकको नाममा पहुँचवालाहरूले हडपेको स्वास्थ्यको कर्मचारी श्रोतबाट थाहा भएकोछ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको जनस्वास्थ्य कार्यालय काठमाडौं, ललितपुर, भक्तपुरलगायत प्रहरीलाई दिएको खोप दुरुपयोग भएको समाचार स्रोतले बताएको छ । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले व्यापारीहरूसँग ठूलो रकम लिएर खोप विक्री गरेको आरोप छ । ललितपुर, भक्तपुरदेखि निजी अस्पताललाई दिएको अनुदानको खोप घुस लिएर व्यापारीलाई बेचिएको स्रोतको दाबी छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार काठमाडौं उपत्यकाका सबै मारवाडी व्यापारीका परिवारले कोभिडको खोप लगाइसकेका छन् । एउटा परिवारका एकजना सदस्यसंग ७ हजारदेखि १५ हजारसम्म असुलेर खोप विक्री गर्ने गरिएको खबर छ । धन हुने परिवारको संख्या अनुसार, एक लाख देखि डेढ लाखसम्म रकम घुस दिएर घरघरमै खोप मगाएर लगाएका छन् ।

काठमाडौंका मारवाडी व्यापारी प्राय सबैले खोप लगाइसकेका छन् । एक उद्योगपतिले २५ जनालाई स्वास्थ्य कार्यालयकै कर्मचारी बोलाएर खोप लगाएको खबर छ । व्यापारीले चिनेजानेका प्रहरी अधिकारीलाई पनि प्रभावमा पारी खोप लगेर सबैलाई लगाएका छन् । कोरोना खोप लगाएपनि खोप लगाएको कार्ड भने कतिपय व्यापारीले अझैपनि पाउन सकेका छैनन् ।

खोप लगाएको कार्ड पाउनका लागि व्यापारीहरू विभिन्न सूत्रको प्रयोग गरिरहेका छन् ।

खोप लगाएपनि त्यसको प्रमाणस्वरुप दिइने कागज नभएका कारण उनीहरू त्यो प्राप्तिका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायका अधिकारीहरूसँग हारगुहार गरिरहेको खबर छ । २५ डोज खोपको डेढ लाख रुपैयाँसम्म घुस लिएर स्वास्थ्यका कर्मचारीले व्यापारीलाई विक्री गरेको स्रोत बताउँछ । कोरोनाको उच्च जोखिममा रहेका जेष्ठ नागरिकले खोप लगाउन नपाइरहेको बेला व्यापारीहरूले भने लाखौं घुस खुवाएर घरघरमै कर्मचारी ल्याएर खोप लगाएका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमा कति डोज खोप आयो, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी र सञ्चारकर्मीहरूले कति डोज लगाए, त्यसपछि जेष्ठ नागरिकका लागि कति खपत भयो त्यसको सम्पूर्ण विवरण स्वास्थ्य मन्त्रालयबाट झिकाई खोप दुरुपयोग गर्नेहरूमाथि सख्त कारबाही गर्नुपर्ने देखिन्छ ।भारतको सेरम इन्स्टिच्यूटबाट कोभ्याकस सुविधामार्फत प्राप्त ३ लाख ४८ हजार डोज, भारत सरकारले अनुदानस्वरुप दिएको कोभिसिल्ड १० लाख डोज र सेरम इन्स्ट्च्यिूटसँग खरिद गरेको १० लाख डोज गरी २३ लाख ४८ हजार डोज खोप नेपालले प्राप्त गरेको छ । भारतबाट प्राप्त यो खोपको सही सदुपयोग नभएको गुनासोलाई अख्तियारले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ ।

त्यसैगरी, चीन सरकारले पहिलो चरणमा दिएको ९ लाख डोज र दोस्रो चरणमा राष्ट्रपति विद्या भण्डारीको पहलमा दिएको १० लाख डोज अनुदानको खोपको समेत सही सदुपयोग हुन नसकेको जनगुनासो छ ।चीनले दिएको भेरोसेल १९ लाख डोज र भारतले दिएको २३ लाख ४८ हजार गरी ४२ लाख ४८ हजार डोज खोप कति जेष्ठ नागरिकले लगाए, कति फ्रन्टलाइनरले लगाए त्यसको एक एक हिसाब अख्तियारले खोजी गर्ने हो भने खोपमा भएको भ्रष्टाचार र दुरुपयोग गरेको प्रमाण फेला पर्ने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

खोप दुरुपयोगको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलसँग प्रतिक्रियाका लागि २०७८ असार १३ गते आइतबार पटक पटक प्रयास गर्दा पनि उनले फोन रिसिभ गरेनन् । जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्कासँग व्यापारीलाई खोप बेचेको आरोपका बारेमा प्रतिक्रिया लिन १० पटक फोन गर्दा पनि उनले उठाएनन् ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

2 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh