राजविराज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई प्रतिगमनतर्फ लैजान खोजेको भन्दै त्यसको सशक्त प्रतिकार आवश्यक रहेको बताएका छन् ।शनिबार राजविराजमा गजेन्द्रनारायण सिंह अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले संबिधान मिचेर काम गर्दै आएको, जनताका प्रतिनिधिको सर्बोच्च संस्था संसदलाई २ पटक भंग गरेका कारण उनी प्रतिगमनका मतियार साबित भएको बताए ।
उनले ओलीको अधिनायकवाद प्रवृतिलाई प्रतिकार गर्न पाँच दलीय गठबन्धन बनेको धारणा राखे । संघीयता, गणतन्त्र र समाबेशितालाई समाप्त गरी देशलाई २०४७ तिर धकेल्ने काम भइरहेको उनको भनाइ छ ।यादवले संसद भंग गरी अध्यादेशका भरमा शासन गर्न उद्यत रहेबाट ओली प्रतिगमनको मतियार रहेको भन्ने प्रमाणित भएको आरोप लगाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !