कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर अज्ञात व्यक्तिले रकम माग गरेको भेटिएको छ ।सिडिओ महतोको नाम र फोटो प्रयोग गरेर अज्ञात व्यक्तिले नक्कली फेसबुक आइडी बनाई धेरैसँग २० देखि ३० हजारको दरले रकम मागी गरिएको भेटिएको हो ।
फेसबुकको कभरमा जिल्ला प्रशाशन कार्यालय कञ्चनपुरको फोटो र फ्रोफाइलमा सिडिओ महतोको फोटो राखेर रकम माग गरिएको भेटिएको छ ।
फेक आइडी बनाई अवैध रुपमा रकम माग गर्नेविरुद्ध सिडिओ महतोले साइबर ब्यूरोमा उजूरी हाल्ने तयारी गरेका छन् । उनले आफ्नो नामको फेक आइडी देखेपछि त्यो साँचो नभएको भन्दै महतोलो फेसबुकमै सूचना पनि हालेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !