काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पछिल्लो समय नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालविच आन्तरिक द्वन्द चर्किदै गएको बेला माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका नेताहरु अपहेलित हुँदै गएपछि अब कसरी अघि बढ्ने ? भन्नेबारे निश्कर्ष निकाल्नको लागि छलफलमा जुटेका हुन्।
शनिबार राजधानीको एक होटलमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलसहित पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालगायतका नेताहरु छलफलमा जुटेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !