काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको ‘रियल लिडर’ पूर्वप्रधानमन्त्री माधव नेपाल भएको बताएका छन् । शनिबार नयाँ बानेश्वरमा पत्रकारहरुसँगको छलफल कार्यक्रममा उनले भने- एमालेको ‘रियल लिडर’ माधवजी हो, केपी शर्मा ओली खस्किदैँछन् ।
प्रचण्डले प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउन थालेको आरोप लगाए । उनले पाँच पूर्वप्रधानमन्त्रीद्वारा जारी वक्तव्यको अन्तर्य बुझ्नेलाई इसारा काफी रहेको बताए ।
गठबन्धन मुद्दामा आधारित भएको पनि अध्यक्ष प्रचण्डले स्पष्ट पारे । उनले भने, ‘यो गठबन्धन मुद्दामा आधारित भएर बनेको हो । शेरबहादुरजीको दायाँबायाँ माधव जी र म छौ । हामीले नै देउवालाई प्रम अफर गरेका हौ, उहाँले मागेको होइन । हाम्रो लडाइँ प्रमको लागि होइन । यथार्थ के हो भने यसपटक प्रधानमन्त्री हुन र सरकार बनाउन मात्रै गठबन्धन गरेको होइन ।’
प्रचण्डले आफूहरुको चलखेल स्वीकार्य नहुने बताए । ‘तपाईंहले भाषा हेर्नुभयो भने, नेपाल र नेपालीलाई अपिल गरिएको छ। हामी छिमेकीहरुसँग पनि राम्रो सम्बन्ध होस् भन्ने चाहन्छौँ,’ उने भने, ‘तर हाम्रोभित्र अनावश्यक चलखेल हामीलाई स्वीकार्य छैन।
फेसबुकबाट तपाईको प्रतिक्रिया !