रौतहट । रौतहटको मौलापुरमा खेतमा पानी लगाइदिएको निहुँमा दुर्इ पक्षको बिचमा झडप भएको छ । झडपमा परि दुबै पक्षका १४ जना घाइते भएका प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी निरिक्षक सुशिल कुमार पाण्डेका अनुसार शनिबार बिहान मौलापुर नगरपालिका वडा नम्बर १ मर्यादपुरमा भुवल साह सोनारले वर्षातको पानीको निकास हृदय नारायण यादवको खेतमा राखिएको धानको बिउँमा लगाइदिएको आरोपमा विवाद भएको थियो । दुइजनाको विवाद बढ्दै गएपछि झडपको स्थिति आएको हो ।
झडपमा परि घाइते भएकाहरुको अवस्था सामान्य रहेको र उनीहरुकोे मौलापुर स्थित एक क्लिनिकमा उपचार भैरहेको छ । दुइपक्षको झडपका कारण सो क्षेत्रको अवस्था केहीबेर तनावग्रस्त बनेको थियो ।सम्भावित झडपको घटना दोहोरिन नदिन घटनास्थलमा ठुलोसंख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हाल अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !