काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका दुई एआइजीको सरुवा गरेको छ । सोमबारकै मन्त्रिपरिषद बैठकले एआइजी सरुवा गरेको हो । सशस्त्र प्रहरी बलमा लेखादेखि सीमा सुरक्षाका हाकिमहरुको सरुवाको पूर्वसन्ध्यामा मानवस्रोतका एआइजीलाई कार्य तथा सीमा बिभागतर्फ पठाइएको छ ।
सीमा सुरक्षाका एआईजी रामशरण पौडेलको प्रशासन तथा मानवस्रोत विभागमा सरुवा गरिएको छ । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालको कार्यकाल २०७८ को अन्तिमसम्म मात्र हो । सशस्त्रमा सरुवा गर्ने असार र साउनमा हो ।

















