वीरगञ्ज । १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पर्सामा एक युवकलाई पक्राउ परेका छन् । पर्सागढी नगरपालिका– ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो ।गएराति साढे ९ बजे पक्राउ परेका कृष्ण तथा पर्सागढी ६ चैनपुर बस्ने २० वर्षीय कमलेश सहनी १५ बर्षीया किशोरीको घर पुगेका थिए ।
परिवारका अन्य सदस्यहरु सुतिरहेको मौका छोपी किशोरी सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिई किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप कृष्णलाई लागेको छ । कोठाको ढोकामा कुरुवा बसेका कमलेश फरार छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !