काठमाडौं । मौलापुर नगरपालिकाको नगरसभामा बिहिबार कार्यक्रममै एक आपसमा हात हाला हाल भयो । प्रहरीले अवस्था विग्रन नदिन बल प्रयोग गर्यो । मेयर रीनाकुमारी साहले आफ्नै पति पूर्वमन्त्री प्रभु साहलाई अतिथिका रुपमा डाकेकी थिइन् । त्यसको विरोधमा काँग्रेस, माओवादी र नेकपा एमालेका माधवकुमार नेपाल पक्षीय प्रतिनिधिले विरोध गरे । अवस्था यति विग्रियो की कार्यक्रम नै भताभुंग भयो ।
नगरसभामा विवाद भएपछि हंगामा भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ला ठी चार्ज र अ श्रु ग्याँस चलायो । नगरसभामा हंगामा भएको दिन बेलुकी निर्वाचन आयोगले मेयर साहको पद रिक्तको सूचना प्रकाशित गर्यो । यसलाई संयोग नै मान्नुपर्छ ।
रीना साह पूर्वमन्त्री प्रभु साहको प्रभावका कारण पनि मौलापुर नगरपालिकामा निर्वाचित भएकी थिइन् । उक्त नगरपालिका प्रभु साहको गृहनगर हो । साह माओवादी छाडेर एमाले प्रवेश गरेका हुन् । रीना साह पनि एमालेमा प्रवेश गरेपछि दल त्यागसम्बन्धी सूचना प्रकाशित गर्न माओवादी केन्द्रले निर्वाचन आयोगमा पत्र लेखेको थियो ।
पदमुक्त हुनेमा मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहका अलावा कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहा पनि छन् । दुवैजना प्रभु साह पक्षीय हुन् । रौतहटमा प्रभु साहसँगै दल त्याग गरेका ४ नगरपालिकाका उपमेयर र एकजना गाउँपालिकाका उपाध्य पनि पदमुक्त भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !