काठमाडौं । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार दिउँसो साढे एक बजे निधन भएको संघका महासचिव अमुलकाजी तुलाधरले बताए । कोभिड संक्रमणपछि लामो समयदेखि श्रेष्ठ उपचाररत थिए ।
कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको तुलाधरले बताए ।‘कोभिडका कारण झण्डै डेढ महिना उहाँ अस्पताल बस्नु भयो, तर पछि रिपोर्ट नोगेटिभ आए पनि शरीरिका महत्वपूर्ण अंगले काम गर्न छोडेको जानकारी अस्पतालले गराएको छ,’ महासचिव तुलाधरले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !