काठमाडौं । पुस्तक बिक्रेताहरुले नेपालको पुरानो नक्सा र पुरानै पाठ्यक्रमको पुस्तक धमाधम बिक्री गरेको पाइएको छ । यस्ता कतिपय किताबमा मुद्रकको नाम समेत नभएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए ।गत जेठ २३ गते शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापिएको पुस्तक जफत गर्नुको साथै बिक्री नगर्न निर्देशन दिएका थिए ।
श्रेष्ठको निर्देशनपछि पाठ्यपुस्तक केन्द्रीय अनुगमन समितिको बैठकले नेपालको पुरानो नक्सा प्रकाशित भएको पुस्तकको पानालाई नयाँ नक्सा प्रकाशित गरी संशोधन गर्ने निर्णय गरेको थियो ।सरकारले गत वर्ष लिम्पियाधुरा र लिपुलेकसहितको क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको थियो । अब पाठ्यक्रममा नयाँ नक्सा समावेश गर्नुपर्नेमा विगतको पुरानै नक्सासहितको पुस्तक बिक्री भएको पाइएको हो ।
पुस्तक वितरकले बजारमा मौज्दात पुरानै पुस्तक बिक्री गरिरहेको भण्डारीले बताए । यो वर्ष सरकारले कक्षा २, ३ र ६ कक्षामा एकीकृत पाठ्यपुस्तक लागु गरेको छ । जस अनुसार यी कक्षामा नेपाली, अंग्रेजी, गणित, हाम्रो सेरोफेरो र स्थानीय विषय अध्यापन गर्नुपर्दछ । तर केही निजी विद्यालयले पुरानै पाठ्यक्रम अनुसारको पुस्तक प्रयोगमा ल्याएको पाइएको महासंघले जनाएको छ ।
अध्यक्ष भण्डारीले भने, ‘हाम्रा अभिभावक साथीहरुको गुनासो आएपछि हामीले शिक्षा मन्त्रालय, मानव स्रोत विकास केन्द्रमा जानकारी दिएर प्रभावकारी अनुगमनका लागि अनुरोध गरेका छौं ।’ भण्डारीका अनुसार काठमाडौं, काभ्रे लगायत अन्य केही जिल्लामा सरकारको निर्देशन विपरीत पुस्तक बिक्री गरेको
फेसबुकबाट तपाईको प्रतिक्रिया !