काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र सिध्याउन हिडेको आरोप लगाएकाछन् ।विहीबार संसद भवन नयाँ बानेश्वरमा सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले संविधान र लोकतन्त्र सिध्याउने ओलीको कदमलाई राष्ट्रपतिले रबर स्ट्याम्प बनेर साथ दिइरहेको आरोप लगाए ।उनले कांग्रेस दक्षिणपन्थी नभएको र प्रधानमन्त्री ओली पनि वामपन्थी नभएको बताए ।
प्रचण्डले लोकतन्त्र, संविधान र राष्ट्रको चुनौतीका विरुद्धमा जस्तोसुकै अप्ठेरो परिस्थिति पनि सामना गर्ने स्पष्ट पारे ।त्यस्तै उनले प्रधानमन्त्री ओली कुर्चीका लागि विदेशी शक्तिसामु जस्तोसुकै सम्झौता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे । अहिले सत्य र असत्यको बीचमा लोकतन्त्र र अराजकतन्त्रको बीचमा राष्ट्रियता र राष्ट्रघातको बीचमा लडाँइ चलिरहेको बताउदै प्रचण्डले सत्य र राष्ट्रको हितमा लाग्न आग्रह पनि गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !