पर्सा । स्थानिय निकायमा विकाश निर्माणको नाममा चरम भ्रष्टचार हुने गरेको छ। जनप्रतिनिधि , कर्मचारी , उपभोक्ता समिति र ठेकेदारहरुको आपसी मिलोमतोमा विकाश निर्माणको काममा चरम अनियमिता भईरहेको छ। पर्साको पकाहा मैनपुर गाउँपालिकाका गाउँपालिका अध्यक्ष विजय कुमार चौरसिया सहितका जनप्रतिनिधि साथै कर्मचारीहरुले कानुनको धाजिय उडाउँदै विकाश निर्माणको रकममा चरम भ्रष्टचार गर्दै आएका छन्।
गाउँपालिकाको कार्यालय अगाडि बाउँड्री वालमा निर्माणमा कमसल सामग्री प्रयोग गरी निर्माण कार्य भईरहेको स्थानीयले आरोप लगाएका छन।गाउँपालिका अगाडि गाउँपालिकाले दिएको ८ लाखको लागतमा निर्माण हुन लागेको बाउँड्री वाल निर्माण हुँदै अवस्थामा वाल भत्किन लागेको छ। दिनमा वाल जोडेर गएपनि रातिको बेला आफै वाल भत्किन लाग्दा स्थानियहरु आक्रोसित बनेका छन।
त्यतै गाउँपालिकाको वडा नं २ मा मानिकपुर देखि भेलाहा सम्म जाने बाटोमा गाउँपालिकाले दिएको ५ लाखको लागतमा उक्त बाटोमा ग्रेवलको नाममा मात्र बालुवा छरिएको छ। ग्रेवल छर्ने ठाउँमा मात्र बालुवा छरिएको देखें पछी स्थानीयले काम समेत रोकेका छन।ठेकेदार , कर्मचारी र जनप्रतिनिधिहरुको मिलोमतोमा कमसल कार्य भईरहेको छ। गाउँपालिकाबाट कार्य आदेश , एसटिमेट नलिई काम भईरहेको छ । कमिसन दिनु कार्य गर्नु कार्य गरि सके पछि कार्य आदेश , एसटिमेट सहित अरु आवश्यक कागजात एकै दिनमा तयार गरि चेक दिने जस्तो काम भईरहेको स्थानीयले आरोप लगाएका छन ।
जनप्रतिनिधिहरुले विकाशको नाममा गरेको भ्रस्टचार प्रति स्थानिय बासिन्दा समेत आक्रोसित भएका छन्। जनप्रतिनिधि र कर्मचारीले मनपरी लुट मच्चाउँदा पनि कारवाही नहुँदा स्थानियले सम्बधित निकाय प्रति आक्रोश व्यक्त गरेका छन्। गाउँपालिकामा एक त विकास निर्माणको काम नैं नगरेको गरे पनि गुणस्तर हिन काम गरेको स्थानीय बासीले आरोप लगाएका छन। यस विषयमा गाउँपालिका अधिकृत रामेश सुवेदीसँग बुझदा निर्माण अवस्थामा पानी परेकोले बाउँड्री वाल भत्किन लागेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !