काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष, माधव नेपाल पक्षधर र जनमोर्चाका १ सय ४६ जना सांसदले दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको हो ।
सुरुमा निवेदनका पक्षमा देउवाको तर्फबाट अधिवक्ता खम्बबहादुर खातीले बहस गरेका छन् । उनलाई जम्मा २० मिनेटको समय दिईएको छ ।
