काठमाडौं । ललितपुर महानगरपालिकाले ढुंगामा पेन्ट गरेर ट्राफिक सचेतना शुरु गरेको छ । आजभोली ललितपुरका मुख्य सडकको बिच भागको बगैँचामा ढुंगामा पेन्ट गरिएका ‘स्लोगन’ देख्न सकिन्छ । महानगर प्रमुख चिरिबाबु महर्जनको ‘नमुना शहर योजना’ अनुसार ढुंगामा पेन्ट गरेर सचेतना शुरु गरिएको ललितपुर नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।
ललितपुर नगर प्रहरीको सक्रियतामा अहिले कुपण्डोलदेखि पुल्चोकसम्मका सडक सचेतनामूलक स्लोगानले सजाइएको छ । ‘जिल्लाका मुख्य चोकमा यस्ता सचेतनामूलक ढुंगाले सजाउँदै छौं’ नगर प्रहरी प्रमुख हाछेथुले भने– ‘ढुंगामा पेन्ट गरेर सचेतना जगाएको सम्भवत नेपालमा पहिलो हो ।’ ललितपुर महानगरले महानगरलाई स्वच्छ, सफा र हराभरा बनाउने अभियानलाई तिब्रता दिँदै दुई ट्रक ढुंगा ल्याएर सो सचेतना शुरु गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !