एजेन्सी । बेलायतले एशिया–प्रशान्त क्षेत्र स्वतन्त्र व्यापार क्षेत्रमा सहभागी हुने वार्ता शुरु गर्दैछ । अष्ट्रेलिया, क्यानडा र जापानसमेत ११ ओटा देशहरु संलग्न प्रशान्त क्षेत्र आरपार विस्तृत र प्रगतिशिल साझेदारी (सीपीटीपीपी) मा बेलायत पनि सहभागी हुन खोजेको छ ।
उक्त सम्झौतामा संलग्न भएमा कार र ह्विस्किलगायत सामानको निर्यातमा अतिरिक्त महसुल कटौती हुनेछ । यस स्वतन्त्र व्यापार क्षेत्रले करीब ५० करोड मानिस रहेको बजार समेट्नेछ । यस व्यापार सम्झौताको संस्थापक सदस्यमा न्यूजिल्यान्ड, बु्रनाई, चिली, मलेसिया, मेक्सिको, पेरु, सिंगापुर र भियतनाम पनि छन् । सम्झौता सन् २०१८ मा भएको थियो ।
