काठमाडौं । ग्राहकहरुबाट अर्डर लिई खाना तयार गरेर दिने (टेक वे अर्डर) का लागि अनुमति दिएपछि रेष्टुरेन्टहरु खुल्न थालेका छन् । टेक वे अर्डरका लागि खुलेका त्यस्ता रेष्टुुरेन्टहरुले ग्राहकहरुबाट सेवा शुल्क (सर्भिस चार्ज) लिने गरेको पाइएको छ ।
टेक वे भनेको पकाएर दिने मात्र हो । पकाएर दिनेमात्र भएकाले सर्भिस चार्ज लिन पाइँदैन । रेष्टुरेन्टमा बसेर खाने ग्राहकसँग बाहेक प्याकिङ गरेर खानेकुरा लानेसँग सेवाशुल्क लिन पाइँदैन । तर दरबारमार्गस्थित अन्नपूर्ण आर्केडमा रहेको देवयानी इन्टरनेशनल नेपालद्वारा संचालित केएफसी रेष्टुरेन्टले टेक वे अर्डरको समेत सेवा शुल्क लिएको पाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !