काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान र अन्य दुई जना व्यक्ति लागूऔषधसहित पक्राउ परेका छन्।लागूऔषध नियन्त्रण ब्यूरोले जवान गणेश कार्कीसँगै अन्य २ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
शुक्रबार भक्तपुरको जडीबुटी एरियाबाट पक्राउ परेका कार्कीको साथबाट २ ग्राम लागूऔषध ब्राउन सुगर खैरो हेरोइन बरामद भएको ब्यूरोका एक अधिकारीले वताए। ।महानगरीय प्रहरी वृत्त गौशाला दरबन्दी भएपनि विगत सात वर्षदेखि विमानस्थलमा घुमुवाको रुपमा कार्यरत कार्की आफैं लागूऔषध सेवनकर्ता रहेको खुलेको अनुसन्धानका क्रममा खुलेको स्रोतको भनाइ छ ।

















