एजेन्सी । कोपा अमेरिका फुटबलमा पेरु विजयी भएको छ । अर्को खेलमा भेनेजुएला र इक्वेडरबीचको खेल बराबरीमा सकिएको छ । आज बिहान भएको खेलमा पेरुले कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।जितसँगै पेरु ३ अङ्कका साथ तेस्रो स्थानमा छ । पेरुले अहिलेसम्म दुई खेलमा एकमा जित र एकमा हार ब्यहोरेको छ । तीन खेलमा एकमा जित, एकमा हार र एक खेलमा बराबरी खेलेको कोलम्बिया भने ४ अङ्कका साथ दोस्रो स्थानमा छ ।
आज बिहान सम्पन्न अर्को खेलमा भेनेजुएला र इक्वेडरले अङ्क बाँडेका छन् । भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेलेका हुन् ।बराबरीसँगै भेनेजुएला दुई अङ्क जोडेर समूह बी तेस्रो स्थानमा छ । अहिलेसम्म ३ खेल खेलेकोमा भेनेजुएलाले दुईमा बराबरी र एकमा हार ब्यहोरेको छ ।

















