विराटनगर । गाँजा तस्करमा संलग्न तीन भारतीय सहित ५ जनालाई मोरङ प्रहरीले विराटनगरबाट प्रक्राउ गरेको छ । विराटनगरमा चेक जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।प्रक्राउ पर्नेमा भारतको समोल पञ्चायत फार्बिजगन्जका सोनुकुमार यादव, अररिया पिर्पाघाट पञ्चायत विशनपुरका जयराम यादव, अररिया नरगथगन्ज सोनापुरका रन्जित भन्ने प्रिन्स विचितर कुमार राई त्यस्तै सुनसरीको देवनगन्ज गाँउपालिका १ का उमेश यादव र धनकुटाको सहिदभुमि गाँउपालिका १ का रुद्र राई पनि पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ ।पक्राउ परेका प्रिन्स विचितर कुमारको साथबाट प्रहरीले नेपाली नगद ७ लाख १६ हजार ६ र २ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको को १ च २४१२ नम्बरको मारुती भेन र चालक सुनसरी धरानका सुर्य राइलाई समेत पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !