दीपशंकर चाैलागाई / दोलखा । चिनको स्वशासित क्षेत्र तिव्वतमा भारी बर्षा पछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरहरु चारैतिरबाट पानी कटाउन थालेकाछन । एकै पटक पोखरी बनेको नदी पुटेपछि नेपालमा सम्म क्षति पुराउने देखिए पछि चारै तिर पानी तकर्नउन लागेका हुन । दोलखाको बिगु गाउँपालिका १ लप्चीको सिमनामा पर्ने चाईनिजहरुले समाजिक संजाल हालेको भिडियो र तस्विर हालपछि इलाकाका प्रहरी कार्यालय सिंगटीले जो जानकारी गराएकोछ ।
पहिरोले नदीको प्रवाह रोकिदा नदी थुनिएकाले चिनको खोला एकै पटक फुटेमा तामाकोशी नदीमा बाढी आउने खतरा छ ।स्थानीय प्रशासनले दोलखा र आसपासका जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको थियो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सार्वजनिक सूचना जारी गर्दै चिनको सिमा क्षेत्रमा रहेको टिंग्री कन्ट्रिको रोङछिया सहर र सो सहरको आसपासको क्षेत्रमा भारी बर्षासँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको भन्ने सूचना प्राप्त भएकाले सोका कारण तामाकोशीमा नदीमा कुनै पनि बेला पानीको बहाव बढेर बाढी आउन सक्ने जनाएको छ ।
बाढी आउने खतराका कारण नेपाल चिन वीचको सिमानामा रहेका बस्ति तथा तामाकोशी नदी तटीय क्षेत्रमा जोखिमको सम्भावना रहेको भन्दै सो क्षेत्रका बासिन्दालाई सर्तक र सजक रहन भनेको छ । दोलखाको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले वर्षा याममा निम्तन सक्ने सम्भावित खतराका बारेमा चिनको टिडग्री काउन्टिसँग शुक्रबार बेलुकी कुरा हुँदा भारी वर्षा र पहिरोका कारण नेपाल–चिन सिमानामा नदीको प्रवाह रोकिएको जानकारी प्राप्त भएको र सो जानकारी प्राप्त हुनासाथ स्थानीय प्रशासनले सूचना जारी गरेर उच्च सर्तकर्ता अपनाउन आग्रह गरेकाछन ।
तामाकोशी नदी नेपाल–चिन सिमानावाट उगम भएर बग्ने गर्दछ । तसर्थ चिनतर्फ भारी वर्षा र बाढीपहिरो आउँदा तामाकोशी नदीमा पनि पानीको बहाव बढ़ने गरेको छ तामाकोशी नदीमा बाढी आए नेपाल र चिन बीचको सिमानामा रहेका बस्ति सहित दोलखाको लामावगर, गोंगर, सिंगटी, तामाकोशी, सितली, किर्नेटार, सितली तथा रामेको मन्थली र सिन्धुलीको खुर्कोट बजारसम्म क्षेति गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !