दिपशंकर चौलागाईं / दोलखा । माथिल्लो तामाकोशी जलबिधुत आयोजनाको ड्याम साईटमा लेदो पानी आएपछि जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक ( डीएसपी ) भेष राज रिजालको पहलमा नागरिकहरुलाई सुरक्षित स्थानका लागी तिनवटा टेन्ट निमार्ण गरेको छ ।
तेत्रो पानी आए पनि दुई घण्टा सहजरुपमा भरिन लाग्ने हुदा तत्काल नआतिन आयोजनाका प्राविधिकहरुले जानकारी गराएको प्रशासन प्रमुख मित्रमणि पोखरेलले बताए । पोखरेलले भने निरन्तर आउने पानीको बहावमा केही बढेको छ । तर चाईनीहरुले पानी क्रमश तर्काएको हुनु पर्छ,भेलबाढी आएको छैन प्रशासन प्रमुख पोखरेलले दाबि गरे ।
एक टेन्टमा २५ जना सम्म खट्ने गरि बिगु गाउँपालिकाको सहयोगमा दोलखा प्रहरीले निमार्ण गरेको हो । यति खेर नागरिकलाइृ सुसुजित गराउन प्रहरीले तामाकोशी नदीको आसपासमा माईकिङ गरिरहेकोछ ।भारी बर्षासँगै गएको पहिरोले थुनिएको तिव्वतको टिंग्री काउन्टीमा पर्ने रोडसी खोलाले तालको आकार लिएको छ लामो समयदेखि खोला थुनिदा तालमा परिणत भएपछि चिनियाँ अधिकारी र सुरक्षाकर्मीले खोलाउने प्रयास गरिरहेका छन् ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने तामाकोशी नदीको मुख्य सहायक खोलाकोरुपमा रहेको रोङसी खोला खुलाउनका लागि दिउँसो चिनियाँ टोली पहिरोस्थल पुगेको छ ।उनले भने खोला थुनिएर निकै ठूलो ताल बनेका कारण तामाकोशी नदी तटीय क्षेत्रमा जोखिम कायमै रहेको छ । स्थानीय प्रशासनले सम्भावित जोखिमलाई ख्याल गरी तामाकोशी नदी तटीय क्षेत्रमा सुरक्षाकर्मी परिचालन समेत गरेको घिमिरेले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !