चितवन । चितवनका प्रहरी प्रमुख एसपी ओम प्रसाद अधिकारी सवार गाडी गाईघाटमा दुर्घटना भएको छ । दुर्घटनामा परी एसपी अधिकारीसहित ६ जना प्रहरी घाइते भएका छन् ।नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको ना ६ ख ६०११ नम्बरको मालवाहक ट्रकले जिल्ला प्रहरी कार्यालय चितवनको एसपी सवार बा २ ज ३४७२ नम्बरको जीपलाई ठक्कर दिदाँ एसपीसहित ६ जना प्रहरी टोली घाइते भएका हुन् ।
गाईघाटमा माल बाहक ट्रकको ठक्करबाट एसपी अधिकारीसहित ६ जना घाइते भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिए ।‘हामी मनसुन सुरु भएकोले विभिन्न ठाँउमा आफै सुरक्षा टोलीसहित निरीक्षण गर्ने अभियानमै थियौँ । मुग्लिन सडक र मुग्लिन पुलको अवस्थामा निरीक्षण गरेर फर्किदै थियौँ’, सिडिओ लामिछानेले भने, ‘एसपी साबको गाडी अगाडी थियो, एक्कासि ट्रकले हान्यो, धन्य केही भएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !