काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कटान गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा रहेको इलाका प्रहरी कार्यालयको भवन बगाएको छ । मंगलवार आएको बाढीले खासै क्षति नपुगेको इलाका प्रहरी कार्यालय हेलम्बुको कार्यालय शुक्रवारको बाढीले भने भत्काएको हो ।
हाल प्रहरी कार्यालय माथिल्लो भेगमा भाडाको घरमा सारिएको छ । मंगलवारदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिकादेखि मेलम्ची बजारसम्म क्षति गराएको छ। बाढीको बहाव घट्ने बढ्ने भइरहेको स्थानीयले जनाएका छन् ।

















