पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रवेशसभामा विश्वासको मत लिन लागेका छन् । त्यसका लागि २ दिनअघि नै प्रदेशसभा सचिवालयमा सूचना दर्ता भइसकेको छ । पोखरेलले विश्वासको मत लिनका लागि बिहान ११ बजे प्रदेशसभा बैठक बस्दैछ । बजेट पास हुनुअघि नै प्रदेशसभामा विश्वासको मत लिएर अघि बढ्ने उनको तयारी छ ।
पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !