काठमाडौं । १० वर्षीया बालीकालाई बलात्कार गरी फरार भएकालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी तिलाठी कोइलाडी गाउँपालिका-३ का एक पुरुष छन्। उनलाई घटना घटेको १३ वर्षपछि बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) राजेन्द्र प्रसाद धमलाले जानकारी दिए । ती पुरुषलाई अदालतले १३ वर्ष कैद फैसला गरेको थियो। फरार प्रतिवादी खोजी सिलसिलामा उनलाई घरमै फेला पारेर पक्राउ गरिएको एसपी धमलाले बताए।
२०६४ साल कात्तिक ९ गते उनले १० वर्षीया बालिकालाई बलात्कार गरेर भागेको प्रहरीले जनाएको छ।उनीसहितका चार जना व्यक्तिले गाईवस्तु चराउन गएकी बालिकालाई सामूहिक बलात्कार गरी भागेको धमलाले बताए।सप्तरी जिल्ला अदालतमा उनलाई बिहीबार पेश गरिएकोमा अदालतले कारागार चलान गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !