काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भमात्र भएसँगै देशमा धेरै क्षति पुग्नेगरी बाढी पहिरो आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै सबैलाई सचेत हुन र उद्धार तथा राहातको कामलाई तदारुपकताका साथ गर्न आग्रह गरेका छन् । ‘मनसुन प्रारम्भमात्र भएको यो समयमा नै यतिधेरै क्षति हुन पुग्यो भने तीव्र वर्षात् आउने समयमा अझ के के हुने हो ?
यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नुपर्ने हुन्छ,’ उनले वक्तव्यमा भनेका छन्, ‘प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम् राहतकारी व्यवस्था मिलाउने विषयमा सबै पक्षको गम्भीर ध्यान जानुपर्ने देखिन्छ । अवस्था विकराल नहोस्, अपार क्षति नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारीरुपमा होस् भन्ने हाम्रो आग्रह छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !