काठमाडौं । पर्वतीय उद्धार र उपचारमा क्रियाशील सोलुखुम्बुका डा. निमा नाम्गेल शेर्पाले सशस्त्र प्रहरीका लागि १५ थान स्टेचर सहयोग गरेका छन् ।बिहीबार सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी बलम्बुमा आयोजित एक कार्यक्रमका बीच बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई उनले ती स्टेचर हस्तान्तरण गरेका हुन् ।
शेर्पाले ती स्टेचर विपद् उद्धारका क्रममा उपयोगी हुने विश्वास व्यक्त गरे । नायब महानिरीक्षक अर्यालले स्टेचर प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै यी सामग्रीको विपद् उद्धारमा पूर्ण रुपमा सदुपयोग गरिने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !