Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

डीआईजी र एसपी सरुवाको तयारी

काठमाडौं । नेपाल प्रहरीको प्रदेश र केही जिल्लाका नेतृत्व फेरबदलको तयारी थालिएको छ । प्रदेश र जिल्लामा एक वर्ष अवधि पूरा भएका अधिकृतहरुको सरुवा गर्ने प्रक्रिया थालिएको हो । गृह मन्त्रालयले प्रदेशमा सुरक्षा प्रमुखहरु खटाएको १२ महीना पुगिसक्दा पनि सरुवा हुन सकेको छैन । ८ वैशाख २०७७ मा सरुवा भएर प्रदेश गएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु हालसम्म प्रदेशमै कार्यरत छन् ।

सामान्य अवस्थामा एक वर्षमा प्रहरी अधिकारीहरुको सरुवा गर्ने व्यवस्था छ । कार्यसम्पादनमा समस्या देखिए त्यसअगावै पनि प्रहरीको सरुवा हुने गरेको छ । उनीहरुको सरुवा प्रक्रिया थालिएको गृह मन्त्रालय स्रोतले बतायो । यसपछि क्रमशः प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्म हुने स्रोतको भनाइ छ ।

हाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी), उपरीक्षक (एसपी), नायब उपरीक्षक (डीएसपी) हरुको पनि सरुवा गर्ने बेला भइसकेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृत बताउँछन् । संघीय प्रहरी कार्यालयका एसएसपीहरु, मोरङ, सुनसरी, दाङ, कैलाली, बाँके, कास्की लगायतका जिल्लाका एसपी र अर्घाखाँची, भोजपुर, संखुवासभा, खोटाङ लगायतका डीएसपीले एक वर्ष अवधि विताइसकेका छन् ।

उपत्यकामा प्रहरी वृत्तको नेतृत्व गरिरहेका डीएसपी दक्षकुमार बस्नेत, हरिबहादुर बस्नेत, नविन कार्की, निराजनदत्त भट्ट, रोशन खड्कालगायतको पनि एक वर्ष अवधि पुगिसकेको छ ।सोह्रखुट्टका डीएसपी दिपक खड्काको पनि एक वर्ष अवधि पुगिसकेको थियो । तर कारबाहीमा परेर जिम्मेवारी खोसिएको छ ।

कानूनतः एसपीसम्म सरुवा गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई हुन्छ । तर हरेक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सम्मकै सरुवामा शक्तिकेन्द्रले दबाब दिने गरेको छ ।एक अधिकृतका अनुसार सुरुवातमा कोरोना भाइरस महामारीलाई कारण देखाउँदै सरुवा रोकिएको थियो । पछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पदमुक्त भएपछि प्रहरीमा सरुवा हुनसकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि प्रहरी सरुवामा बालुवाटारको चासो छ । यद्यपि अदालतमा मुद्दा–मामिला चलेर परिस्थिति अन्यौलग्रस्त भइरहँदा पनि प्रदेश र जिल्लाका नेतृत्वको सरुवामा ढिलाइ भएको छ ।

हालै डीआईजी सरुवाको तयारी गरिए पनि नयाँ गृहमन्त्री आएसँगै पछाडि धकेलिएको एक अधिकृत बताउँछन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले भने सरुवाको विषयमा आफूलाई केही जानकारी नभएको बताए ।

स्रोतका अनुसार नयाँ गृहमन्त्री खगराज अधिकारीले बल्ल डीआईजी सरुवा सुरु गर्ने तयारी गरेका छन् । यदि संसद पुनस्र्थापना नभए हाल सरुवा गरिने प्रहरी कमाण्डरहरुले चुनाव गराउने भएकाले पनि यो पटक प्रहरीमा हुने फेरबदललाई महत्वका साथ हेरिएको छ ।

  • प्रदेशमा प्रमुखमा क-कसको दाबी ?

हालका रहेका डीआईजीमध्ये कार्यक्षमतामा बलियो मानिएकालाई प्रहरी महानिरीक्षक शैलेश थापाले यसअघिकै सरुवामा महत्वपूर्ण ठाउँमा अवसर दिइसकेको अधिकृतहरु बताउँछन् । सामान्यतया प्रदेशबाट प्रदेशमै सरुवा गरिँदैन । त्यसैले अबको सरुवा प्रदेश जाने योग्न डीआईजीहरु कम भएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

अब प्रदेश जाने अधिकांश डीआईजीहरु अघिल्लो बढुवामा छुटेका डीआईजीहरु छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रदेश नं. १ मा अरुणकुमार बिसीलाई पठाउने तयारी गरेको छ । सबैभन्दा चुनौतिपूर्ण मानिने प्रदेश नं. २ मा दिवेश लोहनीलाई जिम्मा दिने प्रहरी मुख्यालयको तयारी छ ।

संगठनमा व्यवसायिक अधिकृतको छवि भए पनि ३३ किलो सुनकाण्डमा मुछिएपछि उनी बढुवामा छुटेका थिए । स्रोतका अनुसार बागमती प्रदेशमा डीआईजी सहकुलबहादुर थापालाई पठाउने तयारी गरिएको छ । हाल केन्द्रीय अनुसन्धान ब्युरोमा निर्देशक रहेका डीआईजीमा ब्याचको दोस्रो वरियतामा छन् ।

पहिलो बरियताका विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बनिसकेका छन् । र, प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने लाइनमा आफूलाई सुरक्षित स्थानमा उभ्याएका छन् ।

गण्डकी प्रदेशमा डीआईजी प्रकाशजंग कार्की, लुम्बिनीमा मुकुन्द आचार्य, कर्णालीमा गणेश ऐर र सुदूरपश्चिममा डा. देवबहादुर बोहोरालाई पठाउने तयारी छ । तर यसमा गृहमन्त्री खगराज अधिकारीको राय आइसकेको छैन । त्यसैले सूचीमा केही फेरबदल हुनसक्ने भनिएको छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 weeks पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 weeks पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

4 weeks पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

4 weeks पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

4 weeks पहिले
महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप
आर्थिक

महोत्तरीको रघुनाथपुर नाकाबाट व्यापक तस्करी, सशस्त्र र नेपाल प्रहरीकै मिलेमतोको आरोप

4 weeks पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh