जनकपुरधाम । प्रदेश २ सरकारले आगामी वर्षका लागि ल्याएको बजेट प्रतिपक्षी दलका सांसदहरुले टेबल गर्न अवरोध गरेका छन् । सांसद निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम बढाउनुपर्ने भन्दै उनीहरुले अवरोध गरेका हुन् । बजेट प्रस्तुतिपछि आधा घण्टाका लागि स्थगित गरिएको बैठक शुरु हुँदा विपक्षी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले अवरुद्ध गरेका हुन् ।
मंगलबारको दोस्रो बैठक शुरु भए लगत्तै नेकपा एमालेका सांसद सुन्दर बहादुर विकले सरकारी बजेट फ्रिज भइरहेको र सांसदको निर्वाचन क्षेत्र विकासका लागि दिइएको बजेटले पूरा काम भइरहेको बताए । उनले यसबारेमा यसअघि नै सरकारसँग आग्रह गर्दै ध्यानाकर्षण गराएपनि निर्वाचन क्षेत्र विकासका लागि बजेट नबढाइएको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !