धनगढी । कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। बेलौरी नगरपालिका–६ बिद्यानगरबाट सुपप्र.०२–००३ प ६७२४ नम्बरको मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–१० झलारीका २४ वर्षीय महेश चौधरी र लालझाडी गाउँपालिका–२ का २५ वर्षीय रणबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुको साथबाट १२.३५ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

















