मोरङ । मोरङ रतुवामाई नगरपालिका ९ भौडा चोक स्थितबाट प्रहरी चौकी इटहरा मोरङबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका पौने ८ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी ४ का २८ बर्षीय सन्देश भट्टराई रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट ७१ ट्याब्लेट, ESKUF २ बोतल र मोटरसाईकल सहित पक्राउ गरि ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !