काठमाडाैं । विपक्षी दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बनेको गठबन्धनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने विषयमा छलफल भएको छ ।
संविधान, लोकतन्त्र, जनताको हकअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका निम्ति गठबन्धन दृढ रहनुपर्ने भन्दै गठबन्धनलाई कमजोर पार्ने प्रयासहरु हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुनुपर्नेमा नेताहरु सहमत भएको बुझिएको छ ।
