रुपन्देही । प्रहरीले दुईजना फरार प्रतिवादीलाई बुटवलबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा रुपन्देही सिद्धार्थ नगरनगरपालिका-५का ३० वर्षीय ऋषिकेश जैसवाल र गैडहवा गाउँपालिका वडा-२ का राजकुमार केवट रहेका छन् ।
३० वर्षीय ऋषिकेशलाई रुपन्देही जिल्ला अदालतले २०७१ जेठ २४ गते मैनुदिन मुसलमानको हत्यामा २० वर्ष जेल सजाय सुनाएको थियो भने राजकुमार केवटलाई २०६७ वैशाख १९ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !