काठमाडौं । भारतको रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको छ ।भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको हो ।
रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएको भारतको रक्षा मन्त्रालयले शनिबार ट्वीटरमार्फत् जानकारी दिएको छ ।यी जानकारीहरु प्रकाशनको मन्जुरी र जिम्मेवारी इतिहास विभागलाई दिइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !