लहान । प्रदेश नं २ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री मा.शैलेन्द्र प्रसाद साह द्वारा छिन्नमस्ता गाउँपालिका–२ रामपुराका २० एकल महिलाहरुलाई गाई बितरणको साथै ३५० किसानलाई दुध क्यान बितरण गरिएको छ ।

छिन्नमस्ता विकास तथा पशु पालन कृषक समूहका अध्यक्ष विनोद साफीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा उनीहरुलाई मन्त्री साहले गाई हस्तान्तरण गरेका हुन् ।


‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत व्यवसायिक कृषि उत्पादन केन्द्र भैंसी (ब्लक) विकास कार्यक्रम’ छिन्नमस्ता विकास तथा पशु पालन कृषक समूहको आयोजनामा २० जना एकल महिलालाई गाई वितरणको साथै ३५० किसानलाई दुध क्यान बितरण गरिएको छ ।



















