काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सांसद नरोत्तम वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका विभिन्न १५ वटा जनसंगठनहरूले वैद्यलाई कारबाही गर्न माग गर्दै गृहमन्त्री खगराज अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्र लिएर गृहमन्त्रालय पुगेका जनसंगठनका प्रतिनिधिले प्रदेश सांसद वैद्यले प्रधानमन्त्रीको ज्यान सुरक्षामाथि धावा बोलेकोले फौजदारी कसुरमा मुद्दा चलाएर कारबाही गर्न माग गरेका छन् ।ज्ञापनपत्र बुझ्दै गृहमन्त्री अधिकारीले कानून कार्यान्वयन गर्दा व्यक्तिको ओहोदा नहेरी संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्ने बताए ।

















