काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा फेरि पदमुक्त भएका छन् । राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही गरेपछि उनी फेरि पदमुक्त भएका हुन् ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी कारबाही गरेको हो ।
यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिर्वतन भएकाले पुरानो हृवीप नलाग्ने भएकाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै अदालत गए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !