जनकपुर । धनुषा जिल्लाको मुखियापट्टी मुसरनियामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बालिकाहरु पोखरीमा नुहाउने क्रममा डुबेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
मुखियापट्टी मुसरनिया–६, स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर ५ जना बालिकाको मुत्यु भएको प्रहरीले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !