काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रधानमन्त्री, पूर्व-प्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई छलफलका लागि बाेलाउनुभएकाे छ ।दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल गर्नका लागि उक्त बैठक बाेलाइएकाे हाे ।
बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयाे । तर सभामुखसँग प्रधानमन्त्री ओलीकाे सम्बन्ध सुरूदेखि नै तिक्ततापूर्ण रहेकाेले उक्त बैठकमा प्रधानमन्त्री भने सहभागी नहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।
यसैगरी सभामुख सापकाेटाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र पूर्व-प्रधानमन्त्रीहरूलाई छलफलमा बाेलाउनुभएकाे छ । नेकपा एमालेकै अर्काे पक्षमा रहेका पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल पनि बैठकमा सहभागी हुने बताइएकाे छ ।
प्रधानमन्त्रीले संसद विघटन गरेर चुनाव घोषणा गरेपछि सभामुख सापकोटा सापकाेटा लगायत सबै विपक्षी दलहरू र एमालेकै माधव-झलनाथ पक्ष असन्तुष्ट छन् । सभामुखले विभिन्न चरणमा कानुनविद्हरूसँग पनि छलफल गर्नुभएकाे थियाे । संसद बैठक बाेलाउन हुने या नहुने, अबकाे कदम के हुनसक्छ भन्ने बारे विमर्शहरू भइरहेकाे बेला बाेलाइएकाे उक्त बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !