एजेन्सी । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २-० ले पराजित गरेको छ ।नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरेपछि ब्राजिलले सहज जित हात पारेको हो ।
छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो ।खेलको चौथो मिनेटमै गाब्रिएल जेससको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । इन्जुरी टाइमको तेस्रो मिनेटमा नेयमारकै पासमा लुकास पाक्वेटाले ब्राजिलका लागि दोस्रो गोल गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !