जनकपुर । जनता समाजवादी पार्टी ( जसपा ) नेतृत्वको सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ।प्रदेश २ सरकारको सत्ता साझेदारीमा नेपाली कांग्रेससहित माओवादी केन्द्रलाई सहभागी गराउने भनिए पनि मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकारमा सहभागी नहुने भएको हो ।
माओवादी केन्द्रबाट वार्ताका कार्यदलमा सदस्य रहेका प्रदेशसभा सदस्य जगत यादवले दुईवटा मन्त्रालय दिने अनौपचारिक सहमति भए पनि एक मन्त्रालय मात्र दिने भनेपछि सरकारमा नजाने निर्णए दिएका बताए ।

















