रौतहट । रौतहट प्रहरीले दुई भारतीयलाई अबैध रुपैया सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्वी चम्पारन बिहीबार जिल्ला मोतिहारीको घोडासहन बस्ने वर्ष २२ को बन्टि कलवार र बर्स २० को सुरज कलवार रहेको छ ।
भारत बाट नेपाल तर्फ बि.आर .ओ ५ आर ४५२१ नम्बरको मोटर साइकल चेकजाच गर्दा निजहरुले बोकेको नाईलुनको झोलामा रहेको .३०,७६,०००।- (तिस लाख छयत्तर हजार) नेपाली नगद रुपैया सहित उक्त दुई जनालाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !