काठमाडौं । सुनसरीको इटहरीमा स्थापना गरिएका दुईवटा आइसोलेसन सेन्टरलाई एसजी अर्गनाइजेसले अक्सिजनसहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ । इटहरीस्थित कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई मंगलबार अर्गनाइजेसनका अध्यक्ष शिव घिमिरेले स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
अर्गनाइजेसनले ११ थान अक्सिजन ग्यास, अक्सिमिटर, ५०० थान सर्जिकल मास्क, रेगुलेटरसहितका स्वास्थ सामग्री प्रदान गरेको आइसोलेसन सेन्टरका संयोजक भीम पौडेलले जानकारी दिए ।आइसोलेसन सेन्टरमा २६ जना कोरोना संक्रमित रहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !