काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा बैशाख २० मा सम्बोधन गर्ने क्रममा नेपाली सेनाले १ हजार शैयाको अस्थायी अस्पताल बनाउने घोषणा गरे । जतिबेला कोरोनाको दोस्रो लहरले दैनिक २५० भन्दा बढी नेपालीको मृत्यु हुन थालेको थियो। तर, उनले घोषणा गरेको धेरै दिन बितिसक्दा पनि सेनाले अस्थायी अस्पताल बनाउन सकेको छैन ।
सेनासँग सल्लाह समेत नगरी प्रधानमन्त्रीले १ हजार शैयाको अस्पताल बनाउने घोषणा गरे । तर अस्पताल धेरै बितिसक्दा पनि सुरु हुनसकेका छैन । प्रधानमन्त्री ओलीले १ हजार बेड क्षमताको अस्थायी अस्पताल सेनाले बनाउने घोषणा त गरे । तर धेरै दिन बितिसक्दा ती अस्पतालहरु निर्माण सुरु समेत हुन सकेका छैनन् । बल्लतल्ल त्यस्ता अस्पताल होइन, नेपाल–भारत सीमामा होल्डिङ सेन्टर निर्माणका लागि बोलपत्रको प्रक्रिया पूरा भएको छ ।
कोरोना भाइरसको दोस्रो लहरले दैनिक १० हजारभन्दा बढी संक्रमित हुने क्रम बढिरहँदा अक्सिजन अभाव र बेड अभावमा धेरै नेपालीले ज्यान गुमाए । कोरोनाको दोस्रो लहरको आक्रमण जेठ दोस्रो साताबाट कम हुन थाल्दा पनि सेनाले अस्पताल निर्माणका लागि बोलपत्रको प्रक्रिया पूरा गरेको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने–अस्पताल भन्दा पनि नेपाल–भारत सीमामा ८ वटा होल्डिङ सेन्टर बनाउने निर्देशन सेनालाई आएको हो ।
त्यही सिलसिलामा ८ वटा होल्डिङ सेन्टर तोकिएका जिल्लामा र एउटा होल्डिङ सेन्टर काठमाडौं उपत्यकामा बनाउने भनेका थियौं । यसबीच उपत्यकामा होल्डिङ सेन्टर निर्माण गर्नुनपर्ने भन्ने कुरा आयो ।प्रवक्ता पौडेलको भनाइ छ-काठमाडौं महानगरपालिका र डीसीसीएमसीले चार पाँच वटा अस्पताललाई नै होल्डिङ सेन्टर कायम गर्यो । उपत्यका बाहिर अस्थायी किसिम (सेमी परमानेन्ट) को अस्पतालको समेत सुविधा भएको होल्डिङ, आइसोलेसन सेन्टर र अक्सिजनसहितको १ सय जनालाई सेवा पुर्याउनेगरी बहुउपयोगी संरचना निर्माण गर्नका लागि बोलपत्र आह्वान गरी मूल्यांकन भई काम सुरु हुने चरणमा पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !