काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को झलनाथ खनाल र माधवुकमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले एकताका लागि भन्दै अगाडि सारेको ६ बुँदे प्रस्तावको नियमतमाथि शंका गर्दै अस्वीकार गरेको छ ।सोमबार साँझ अबेर जारी विज्ञप्तिमा पार्टी एकता र प्रभावकारितालाई कायम राख्न केपी ओलीलाई ठोस प्रस्ताव पठाइएको भए पनि त्यसका सम्बोधन नगरी एकताको आह्वान भएको भन्दै यो समूहले अस्वीकार गरेको हो।
‘कुनैपनि कुराहरुको सम्बोधन नगरी कुनै वार्ता नभइ एकताको लागि गरिएको वहाँको आह्वान साँच्चिकै एकताको पक्षमा नभइ केवल भ्रम सिर्जना गर्ने उद्देश्यबाट प्रेरित देखिन्छ’, विज्ञप्तिमा भनिएको छ।
ओलीद्वारा जारी वक्तव्यको बुँदा नं १ नै पार्टी एकता हासिल गर्नेभन्दा अनेकता सिर्जना गर्नेतर्फ लक्षित देखिएको तथा अल्मल्याउने भाषा प्रयोग भएको उल्लेख छ विज्ञप्तिमा उल्लेख छ।प्रतिनिधिसभाको पुनः स्थापनाका लागि दायर रिट निवेदनमा आफुहरुले गरेको हस्ताक्षर नेपालको संविधान, लोकतन्त्र र संसदको रक्षा गर्नुपर्ने आवश्यकताको परिणाम भएको भन्दै खनाल–नेपाल समूहले यसलाई फिर्ता लिन नसक्ने स्पष्ट पारेको छ।
‘प्रधानमन्त्रीबाट प्रतिनिधिसभाको विघटनको निर्णय फिर्ता भएमा यस सम्बन्धी विवादको स्वतः निरुपण हुनेछ’, विज्ञप्तिमाभनिएको छ।ओलीको वक्तव्यमा प्रयोग गरिएको भाषा र बुँदाहरु केलाउँदा जालझेल, अन्योल र भ्रमको आधारमा अरुलाई अल्मल्याउने र विभाजित गर्ने दुराशय देखिने खनाल–नेपाल समूहको भनाइ छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !